शिक्षकहरु र प्रहरीबीच झडपपछि जे देखियो, अचानकको वर्षाले शिक्षक आन्दोलन तितरवितर

काठमाडौं । काठमाडौंमा जारी शिक्षकहरुको आन्दोलनमा आइतबार झडप भएको छ । यसअघि शान्तिपूर्ण प्रदर्शन गर्दै आइरहेका शिक्षकहरूले आज निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीसँग झडप भएको हो ।

झडपमा केही शिक्षक घाइते भएका छन् । उनीहरुलाई सिभिल अस्पतला लगिएको छ । शिक्षकहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले पनि बल प्रयोग गरेको थियो ।

बल प्रयोगपछि शिक्षकहरूले पनि ढुंगामुढा गर्न थालेका थिए । प्रहरीले आन्दोलनकारीमाथि पानीको फोहरासमेत प्रयोग गरेको छ । विभिन्न माग राखेर देशभरका सरकारी शिक्षक काठमाडौंमा आन्दोलनरत छन् ।

अचानकको वर्षाले शिक्षक आन्दोलन तितरवितर

काठमाडौं उपत्यकामा असिनासहितको वर्षा भएको छ । आइतबार दिउँसो असिना र हावाहुरीसहित वर्षा भएको हो ।

पानी परेपछि शिक्षक आन्दोलन पनि प्रभावित भएको छ । शिक्षकहरू आन्दोलनबाट बस चढेर घर फर्किएका छन् । पानी पर्नुअघि शिक्षक र प्रहरीबीच झडप भएको थियो ।

प्रतिक्रिया