स्याङ्जा । स्याङ्जा कारागारमा रहेका कैदीबन्दीहरुको आँखा जाँच गरी निःशुल्क चस्मा प्रदान गरिएको छ ।
पुतलीबजार नगरपालिका र लक्ष्मी कृष्ण सेक्युरिटी सर्भिसको सहयोग तथा अधिवक्ता अनन्त रेग्मी र पुतलीबजार नगरपालिका १ हुलाकमार्ग स्थित मनकामना आँखा उपचार केन्द्रले आयोजना गरेको आँखा शिविरमा स्याङ्जा कारागारमा रहेका कैदीबन्दीहरुको दृष्टि विशेषज्ञद्वारा निशुल्क आँखा परीक्षण गरिएको हो ।
आँखा जाँचका क्रममा ४२ जना पुरुष र ४ जना महिला गरी ४६ जनालाई निःशुल्क चश्मा र आवश्यकता अनुसार निशुल्क औषधि वितरण गरिएको मनकामना आँखा उपचार केन्द्रका संचालक तथा दृष्टि विशेषज्ञ दिपल विकले बताए ।
गत शुक्रबार सम्पन्न आँखा शिविरमा स्याङ्जा काराकारमा रहेका १४५ जना कैदीबन्दी मध्ये ८० जना कैदीबन्दीहरुको निःशुल्क आँखा जाँच गरिएको कारागार शाखा प्रमुख दिनेश शर्मा मरासिनीले जानकारी दिए । मरासिनीका अनुसार आँखा परीक्षण सेवा लिनेमा ७६ जना पुरुष र ४ जना महिला थिए ।
प्रतिक्रिया