काठमाडौं । काठमाडौंको गोकर्णेश्वरमा हरेक वर्ष वैशाख कृष्ण चतुर्दशीदेखि मनाइने श्री कान्तिभैरव जात्राको सिन्दुर जात्रा सकिएको छ । वैशाख कृष्ण औँसीको दिन आमाको मुख हेर्न भगवान भैरव आमाको घर आउने यो जात्रा राजा मानदेवको पालादेखी मनाउन सुरु गरिएको विश्वास गरिन्छ ।
औँसीको बिहान सबेरै भैरवको खटलाई बोकेर आमाको मन्दिर अर्थात् कान्तिभैरवीमा ल्याएसँगै सुरु हुने यो जात्रा अक्षय तृतीयको दिन सकिन्छ । आमा मन्दिरबाट भैरव फर्काउने बेला छोरालाई बिदाई गर्न सिन्दुर जात्रा गरिएको जनविश्वास रहिआएको छ ।
प्रतिक्रिया