भाटभटेनीमा रक्सी चोर्ने कुन सहमहामन्त्रीको छोरा हो प्रमाणित गर्न कांग्रेसको चेतावनी

काठमाडौँ । सत्ता साझेदार नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई लक्षित गर्दै भाटभटेनीबाट कुन सहमहामन्त्रीको कुन छोराले रक्सीको बोत्तल चोरेको हो प्रमाणित गर्न चेतावनी दिएका छ ।

चैत १५ गतेको घटना भन्दै राप्रपा अध्यक्ष लिङ्देनले वैशाख १२ गतेको प्रतिनिधि सभा बैठकमा कांग्रेसका सहमहामन्त्रीको छोरा भाटभटेनीको सामान लुटपाटमा संलग्न रहेको, प्रहरीले पक्राउ गरे पनि छाडेको अभिव्यक्ति दिएका थिए । उक्त कुरा प्रमाणित गर्न र प्रमाणित गर्न नसके क्षमायाचना गर्न कांग्रेस प्रमुख सचेतक घिमिरेले आइतबारको प्रतिनिधि सभा बैठकबाट माग गरेका हुन् ।

‘कांग्रेसमा आठ जना सहमहामन्त्री हुनुहुन्छ, कुन चाहिँ सहमहामन्त्रीको कुन चाहिँ छोराले रक्सीको बोत्तल बोहेर हिँड्नु भयो प्रमाणित गर्नुस् । होइन भने क्षमायाचना गर्नुस् । संसदको रेकर्डबाट पनि यो कुरा हटाइयोस्,’ उनले भने ।

प्रतिक्रिया