उषा उप्रेती चलचित्रमा डेब्यु गर्दै

काठमाडौँ । मोडल उषा उप्रेती चलचित्र अभिनयमा डेब्यु गर्ने भएकी छन् । उनी एक्सन स्टार निखिल उप्रेतीले निर्देशन गर्न लागेको चलचित्र ‘आचार्य’ मार्फत फिल्म अभिनयमा देखिन लागेकी हुन् ।

निखिलको चलचित्रमा आफू अनुबन्धित भएको सामाजिक सञ्जालमार्फत उषाले जानकारी दिएकी छन् । निखिल केही समयपछि फिल्म क्षेत्रमा कमब्याक हुन लागेका हुन् । फिल्ममा निखिल र सञ्चिता लुइँटेलसमेत मुख्य भूमिकामा देखिनेछन् । फिल्मको निर्माण पनि निखिलले गर्न लागेका हुन् । फिल्मको विषयमा अन्य जानकारी कार्यक्रमसहित गराउने सोच निखिलको रहेको छ ।

प्रतिक्रिया