लन्डन । लन्डनमा यही आइतबार हुन गइरहेको ‘लाफ्टर फर लाइफ’ कार्यक्रममा सहभागी हुन गायक नवीन के भट्टराई र उनको ब्यान्ड ‘अतृप्त’ शुक्रबार लन्डन आइपुगेको छ । आइतबार हुन लागेको कमेडी र संगीत मिश्रित कार्यक्रम ‘लाफ्टर फर लाइफ’ का लागि गायक भट्टराई र ब्यान्ड ६ सदस्य शुक्रबार लन्डन हिथ्रो उत्रिएका हुन् ।
कलाकारहरूलाई आयोजक माया इभेन्ट्सका तर्फबाट राज पाण्डेसहित अन्य सदस्यहरूले स्वागत गरेका थिए । गायक भट्टराईले २७ अप्रिल साँझ लन्डन हयारो लिजर सेन्टरमा हुन गइरहेको ‘लाफ्टर फर लाइफ’ कार्यक्रममा आएर ‘इन्जोय’ गर्न अपिल गरे ।
‘यस्तो मौका सधैँ जुर्दैन । हामीहरू लाइभ गीत संगीत प्रस्तुत गर्न धेरै टाढाबाट आएका छौँ । तपाईंहरू आएर साथ दिनुपर्छ है’, उनले भने । महानायक राजेश हमाल र हास्य कलाकार सन्दीप क्षेत्री (मिस्टर ह्याप्पी) यसअघि नै लन्डन आइसकेका छन् ।
महानायक हमाल पहिलोपटक स्ट्यान्ड अप कमेडीका रूपमा स्टेजमा उत्रनेछन् । माया इभेन्ट्सका निर्देशक राज पाण्डेले आफूहरू इभेन्ट ऐतिहासिक बनाउन जुटिरहेको जनाउँदै समस्त दर्शकहरूलाई पनि कार्यक्रममा आएर साथ दिन अनुरोध गरे । ‘यस्तो कार्यक्रम एक ठाउँ ह्यारोमा मात्र हुने भएकोले मिस नगर्नुहोला’ उनले भने ।
प्रतिक्रिया