काठमाडौँ । गीत ‘जे गर्छ पैसाले गर्छ’ को भिडियो छायांकन सम्पन्न भएको छ । चर्चित कोरियोग्राफर केशव कोइरालाको छायांकनमा ‘जे गर्छ पैसाले गर्छ’ को भिडियो छायांकन सम्पन्न भएको हो ।
गुरुङ चलचित्र ‘च्यागी’ बाट नृत्य निर्देशनको सुरुआत गरेका कोरियोग्राफर कोइराला नेपाली गीतसंगीत, नृत्य एवं चलचित्रको क्षेत्रमा लोकप्रिय छन् ।
पहिलो चलचित्रबाट नृत्य निर्देशनमा सफलता हासिल गरेका कोइरालाको कोरियोग्राफीमा सांगीतिक कोसेली ‘जे गर्छ पैसाले गर्छ’ को छायांकन सम्पन्न भएको छ ।
रमेश पाठकको स्वर तथा संगीत रहेको गीतको भिडियोमा कृष्ण रसाल, शिला गजुरेल, गोविन्द प्रभात आदिको अभिनय रहेको छ भने योगेश दाहालले खिचेका हुन् ।
प्रतिक्रिया