काठमाडौं । रातो मछिन्द्रनाथ जात्राको तयारीअन्तर्गत पानेजूहरुले तबहाल मछिन्द्रनाथ मन्दिरमा रातो मछिन्द्रनाथ जात्रा रथारोहणका लागि देवताको मूर्ति तयारी गरिँदै छ ।
वर्षा र समृद्धिको प्रतीकका रूपमा पूजा गरिने रातो मछिन्द्रनाथको यो जात्रा काठमाडौं उपत्यकाको नेवार समुदायको एक ऐतिहासिक र सांस्कृतिक रूपमा अति महत्वपूर्ण चाड हो, रातो मछिन्द्रनाथ जात्रा वैशाख १५ गतेबाट सुरु भई करिब एक महिनासम्म विभिन्न टोल हुँदै सम्पन्न हुन्छ ।
प्रतिक्रिया