काठमाडौँ । बिहीबार क्यापिटल इन्टरटेनमेन्ट प्रालिले एस के मिडिया प्रालिको संयोजकत्वमा नेपाल पर्यटन बोर्ड, काठमाडौँमा आयोजित नवौँ राष्ट्रिय क्यापिटल अवार्ड २०८१ को गरिमामय समारोहमा लेखक एवं साहित्यकार भीष्मराज फुलारा ‘सर्वोत्कृष्ट लिट्रेचर अवार्ड–२०८१’ बाट पुरस्कृत भएका छन् ।
नेपाल सरकार, प्रतिनिधिसभाका उपसभामुख माननीय इन्दिरा रानाको प्रमुख आतिथ्यता, विशिष्ट अतिथि प्रतिनिधिसभाका माननीय सांसद एवं पूर्वमुख्यमन्त्री राजेन्द्र पाण्डे र वाग्मती प्रदेशका सांसद दीपेन्द्र श्रेष्ठ रहेका थिए । राष्ट्रिय क्यापिटल अवार्डका अध्यक्ष माधव निर्दोष, कार्यक्रम संयोजक सविता पोखरेल र कार्यक्रम प्रस्तोता प्रनिमा दाहालले सहजीकरण गरेको सो भव्य अवार्ड समारोहविच फुलारालाई फूलमाला, खादा पहिराएर अवार्ड ट्रफी तथा प्रमाणपत्रद्वारा विभूषित गरेका हुन् । सो अवसरमा माननीय इन्दिरा रानाले नेपाली कला, साहित्य, शिक्षा एवं अन्य क्षेत्रमा यस्ता खाले पुरस्कार, सम्मानहरूले विभिन्न क्षेत्रमा आवद्ध व्यक्तिहरलाई आ–आफ्नो क्षेत्रमा प्रोत्साहित गर्ने र देशकै शिर उच्च हुने कुरामा आफ्नो धारणा व्यक्त गरे ।
लेखक भीष्मराज फुलारा नेपाली साहित्यको क्षेत्रमा विगत १५ वर्षभन्दा बढी समयदेखि पुस्तक लेखन, खोज तथा अनुसन्धानमूलक साहित्य सिर्जना, वृतचित्र लेखन र गीति लेखनजस्ता गहन विषयमा रही नेपाली साहित्य जगतमा असाधारण योगदान पु¥याएका छन् । यसको साथै विभिन्न संघ–संस्थाहरूमा नेतृत्वदायी पदमा रही नेपाली साहित्यको विकास, विस्तार, प्रवद्र्धन र उत्थानका अतिरिक्त विभिन्न खोज तथा अनुसन्धानात्मक क्षेत्रमा समसामयिक विषयवस्तु उठान गरी लेख, रचना तथा सृजनात्मक विषयमा कलम चलाउँदै मुलुकको साहित्यिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा पु¥याउनु भएको योगदान प्रशंसनीय रहेको छ ।
यसअघि पनि लेखक फुलाराले दर्जनौँ अवार्ड, सम्मान तथा पुरस्कारबाट विभूषित भइसक्नुभएको छ । साथै विभिन्न संघ–संस्थाहरूले आयोजना गरेका थुप्रै राष्ट्रियस्तरका प्रतिस्पर्धात्मक कार्यक्रमहरूमा समेत स्वतन्त्र, निष्पक्ष निर्णायकको भूमिका निर्वाह गरिसकेका छन् ।
प्रतिक्रिया