नेपाल मोबाइल वितरक संघको नयाँ कार्यसमितिलाई एमपिआइएले गर्याे सम्मान

काठमाडौँ । मोबाइल फोन इम्पोर्टर्स एशोसिएशन (एमपिआइए) ले नेपाल मोबाइल वितरक संघ (एनएमडिए) का नवनिर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारीहरूलाई बधाई ज्ञापन गर्दै सम्मान गरेको छ ।
एमपिआइएका अध्यक्ष दीपककुमार मल्होत्राले एनएमडिएका नवनिर्वाचित अध्यक्ष रघु त्रिपाठीसहित सम्पूर्ण कार्यसमिति सदस्यहरूलाई बधाई तथा शुभकामना व्यक्त गरेका हुन् । साथै, दुई कार्यकालसम्म एनएमडिए को नेतृत्व सफलता साथ सम्हाल्नुभएका निवर्तमान अध्यक्ष दिनेश चुल्याद्योलाई पनि धन्यवाद तथा प्रशंसा गरे ।

अध्यक्ष मल्होत्राले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) को प्रभावकारी कार्यान्वयनमा एमपिआइए, एनएमडिए र नेपाल मोबाइल व्यवसायी महासंघ (एफएनएमबिए) बीच सहकार्यलाई अझ सशक्त बनाउँदै सुरक्षित, व्यवस्थित र मर्यादित मोबाइल व्यवसाय वातावरण निर्माणमा जोड दिए । उनले उपभोक्तालाई गुणस्तरीय सेवा र सुविधा सुनिश्चित गर्नु नै सबैको साझा लक्ष्य हुनुपर्ने धारणा राखे ।

एमपिआइए का उपाध्यक्ष श्री संजय अग्रवालले मोबाइल क्षेत्रमा व्याप्त असुरक्षित उधारो कारोबारलाई नियन्त्रणमा ल्याउन र अबैध मोबाइल आयातलाई रोक्न तत्कालीन आवश्यकता रहेको विचार व्यक्त गरे ।

एनएमडिएका नवनिर्वाचित अध्यक्ष रघु त्रिपाठीले एमपिआइए र एनएमडिए बीच आगामी दिनमा अझ सुदृढ समन्वयका साथ मोबाइल व्यवसायको प्रवद्र्धन र व्यवसायिक शुद्धता कायम राख्न आफ्नो प्रतिबद्धता जनाए । उनले मोबाइल बजारमा देखा परेका चुनौतीहरू र भविष्यका सम्भावनाहरूको चर्चा गर्दै सहकार्यमै सम्भावनाको मार्ग खुल्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया