संसद्‍मा प्रधानमन्त्रीले गर्ने सम्बोधन स्थगित

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसद्मा गर्ने भनेको सम्बोधन स्थगित भएको छ । अधिवेशनको पहिलो दिन आज प्रधानमन्त्री केपी शर्मा ओलीसहितका शीर्ष नेताले संसद्‍मा सम्बोधन गर्ने तयारी थियो ।

समसामयिक विषयमा प्रधानमन्त्रीले गर्ने भनेको सम्बोधन अन्तिम समयमा आएर स्थगित भएको हो । संघीय संसद्को दुवै सदनको बर्खे अधिवेशन आजदेखि सुरु हुँदैछ। शुक्रबार दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा अधिवेशन सुरु हुने संसद् सचिवालयले जनाएको छ।

संसद्को हिउँदे अधिवेशन गत चैत १८ गते अन्त्य भएको थियो । शिक्षक आन्दोलनको माग सम्बोधनका लागि सरकारले यो पटक यसअघिका अभ्यासभन्दा एक साताअघि नै बर्खे अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

प्रतिक्रिया