सुनको मूल्य घट्यो

काठमाडौँ । सुनको मूल्य तोलामा १ हजार रूपैयाँ घटेको छ । बिहीबार प्रतितोला १ लाख ९० हजार रूपैयाँ ६ सयमा कारोबार भएको सुनको मूल्य आज १ लाख ८९ हजार ६ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, आज चाँदीको मूल्य प्रतितोला २ हजार कायम भएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३ हजार ३ सय २५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया