शस्त्र प्रहरीले ५० फिट गहिराइबाट निकाल्यो पोख्रेलको शव

सुर्खेत । वैशाख १० गते सुर्खेतको सिम्ता गाउँपालिका–४ भेरी नदिमा पौडी खेल्ने क्रममा बेपत्ता भएका व्यक्तिको शव सशस्त्र प्रहरी बलको गोताखोरले ५० फिट गहिराइबाट निकालेको छ ।

५८ वर्षका गोबिन्द पोख्रेल डुबेर बेपत्ता भएपछि सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट खटिएको गोताखोरसहितको सुरक्षा फौजले बिहिबार दिउँसो ५० फिट गहिराइबाट शव बाहिर निकालेको हो ।

उनी बेपत्ता भएसँगै सशस्त्र प्रहरी बल नेपाल बिपद् व्यवस्थापन बेस चिप्ले सुर्खेतबाट समेत खोजिकार्यको लागि टोली परिचालन गरिएको थियो । सोही गाउँपालिका बस्ने पोख्रेल मलामी गएको र पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए ।

प्रतिक्रिया