काठमाडौं । गत चैत २० गतेबाट सुरु भएको शिक्षक आन्दोलन आज २३औँ दिन पनि जारी छ । देशैभरबाट विद्यालय बन्द गराएर काठमाडौंमा शिक्षकहरुले आज २३औँ दिन पनि जारी राखेका हुन् ।
शिक्षा ऐन तथा पुराना सम्झौता कार्यान्वयन गर्न माग राख्दै शिक्षकहरू आन्दोलनमा उत्रिएका हुन् । उनीहरु माइतीघर मण्डलामा भेला भई नयाँ बानेश्वर पुगेर औपचारिक कार्यक्रम गर्दै छन् ।
नयाँ शैक्षिक सत्र सुरु भए पनि कतिपय विद्यालयहरुमा विद्यार्थीहरु भर्ना हुन पाएका छैनन् भने कतिपय भर्ना भए पनि पढ्नबाट बन्चीत छन् । उनीहरुले दैनिक काठमाडौंको सडक घेराउ गरिरहेका छन् । नेपाल शिक्षक महासंघले यो आन्दोलनको नृतृत्व गरिरहेको छ ।
प्रतिक्रिया