एनएमबी बैंकको सिइओ घिमिरेले सम्हाले कार्यभार

काठमाडौँ । एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा नियुक्त भएका गोविन्द घिमिरेले बुधबारदेखि कार्यभार सम्हालेका छन् । ३ दशकभन्दा बढी बैंकिङ क्षेत्रको अनुभव हासिल गरेका उनी विगत १६ वर्षदेखि एनएमबी बैंकमा आबद्ध छन् । बैंकको विभिन्न विभाग तथा शाखा समेतको नेतृत्व गर्दै ३ दशक बैंकिङ क्षेत्रमा बिताएका उनी यसअघि बैंकको नायब प्रमुख कार्यकारी अधिकृत थिए ।

बैंकको व्यापार, वित्त, क्रेडिट जोखिम व्यवस्थापन, रणनीतिक योजना निर्माण र सञ्चालन सुधारका कार्यहरूमा उनले योगदान पु¥याएका छन् । नव नियुक्त सिइओ घिमिरेले कार्यभार सम्हाल्दै बैंकलाई आगामी दिनमा अझ सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया