काठमाडौं । अखिल नेपाल महिला संघ (समाजवादी) को राष्ट्रिय सम्मेलन सरेको छ । संघले यहि बैसाख २६ र २७ गते गर्ने भनेको सातौँ राष्ट्रिय सम्मेलन सरेको जनाएको छ ।
संघको उपलब्ध पदाधिकारीको बुधबार बसेको बैठकले सो सम्मेलनको मिती परिर्वत गर्दे आगामी जेठ ३ र ४ गरे काठमाडौंमा गर्न लागेको संघको प्रचार विभाग प्रमुख चमिना भट्टराईले जानकारी दिइन् ।
‘सम्मेलनका लागि धेरै काम पूरा भइ सके पनि प्रविधिक रुपमा सम्मेलन सार्नुपरेको हो,’ प्रमुख भट्टराइले भनिन्, ‘अब तोकिएकै समयमा भब्य रुपमा सम्मेलन हुने छ ।’
उनका अनुसार संगठकको अधिकांश जिल्ला र प्रदेशका सम्मेलन भइ सकेका छन् । सम्मेलनका लागि प्रतिनिधि छनौटको काम समेत सुरु भएको उनले बताइन् । सम्मेलनमा देशका करिब ६ सय प्रतिनिधि सहभागी हुने छन् । सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने उनले बताइन् ।
नेकपा एमालेसँग बिद्रोह गरी माघवकुमार नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) पार्टी गठन भएपछि संगठनले पहिलो पटक सम्मेलन गर्न लागेको हो ।
प्रतिक्रिया