कक्षा १२ को परीक्षाको समयतालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको संशोधित समयतालिका सार्वजनिक गरेको छ । बोर्डले ११ गतेदेखि तय गरिएको परीक्षाको संशोधित समयतालिका सार्वजनिक गरेको हो ।

बोर्डले कक्षा १२ को साधारण र परम्परागत धारतर्फका नियमित तथा आंशिक एवं प्राविधिक धारतर्फका नियमित तथा आंशिक परीक्षार्थीहरूको वार्षिक परीक्षाको समयतालिका बुधबार सार्वजनिक गरेको छ । बोर्डका अनुसार अब परीक्षा यही वैशाख २१ गतेदेखि हुनेछ ।

परीक्षा जेठ २ गतेसम्म सञ्चालन हुनेछ । यसअघि वैशाख ११ गतेका लागि तय भएको परीक्षा शिक्षकहरूले बहिष्कार गरेपछि सरकारले मंगलबार परीक्षा सार्ने निर्णय गरेको थियो । लगत्तै आज सरकारले नयाँ परीक्षा तालिका सार्वजनिक गरेको हो ।

प्रतिक्रिया