काठमाडौं । सरकारले गत चैत १५ गते राजावादीहरुको हिंसात्मक प्रदर्शनमा काठमाडौंको तीनकुनेमा मारिएका पत्रकार सुरेश रजक र सविन मर्हजनको परिवारलाई १०–१० लाख दिने सरकारको निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्ले उक्त निर्णय गरेको बुधबार निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सूचना, सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
‘सविन महर्जन तथा सुरेज रजकको नजिकको हकदारलाई प्रति परिवार १० लाखका दरले राहत रकम उपलब्ध गराउने निर्णय भएको छ,’ उनले भने ।
तीनकुने प्रदर्शनमा सविनलाई प्रहरीको गोली लागेर मृत्यु भएको थियो भने पत्रकार रजकलाई घरभित्र थुनेर आगो लगाइएको थियो । त्यसैगरी काठमाडौंका विभिन्न स्थानमा आगजनी, तोफोड र लुटपाट भएको थियो । यस घटनामा संलग्न भएको आरोपमा प्रहरीले धेरै जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया