चर्चा बटुल्दै गायक सचिनको ‘युके लान्छु रेलीमै’

काठमाडौं । लाेकदोहोरी गायक सचिन भट्टराईले ल्याएको ‘युके लान्छु रेलीमै’ ले चर्चा बटुल्दै अघि बढेको छ । उनले नयाँ वर्ष २०८२ को अवसर पारेर उक्त नयाँ गीत ‘युके लान्छु रेलीमै’ युट्युबमार्फत सार्वजनिक गरेका हुन् ।

गीतमा गायक सचिन आफैँ र लोकदोहोरी गायिका शान्ति श्री परियारको आवाज सुन्न सकिन्छ । उक्त गीतका लय र शब्द पनि गायक भट्टराई स्वयं आफैले तयार गरेको बताए । यस गीतलाई अझ गहिरो भाव र मौलिकता प्रदान गरेको उनले जिकिर गरे ।

गीतको म्युजिक भिडियोमा सुनिल न्यौपाने, गरिमा शर्मा, सरोज पौडेल, भीमार्जुन ओली, निक्सन लोहनी, र रबिना पाण्डेले अभिनय गरेका छन् । भिडियोको निर्देशन दिलिप समानले गरेका हुन् ।

सांस्कृतिक अनुसारको भावनालाई समेट्दै तयार पारिएको बताउँदै गायक भट्टराईले गीतले नेपाली जनजीवनको परिवेश झल्काउँने बताए । गीत सार्वजनिक भएको छोटो समयमै दर्शक श्रोताबाट सकारात्मक प्रतिक्रिया पाइरहेको उनको भनाइ छ ।

गायक भट्टराईको पछिल्लो गीत ‘युके लान्छु रेलीमै’ को भिडियो समिप इन्टरटेनमेन्ट युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । यसअघि ‘नक्कली कान्छी,’ ‘बनैमा स्याउला छ,’ ‘सुनका चुरा,’ ‘चोली ढाकाले,’ ‘छायाँ सिसाको,’ ‘महँगो माया’लगायत धेरै गीतहरू बजारमा ल्याइसकेको उनले बताए ।

प्रतिक्रिया