काठमाडौँ । सुनको भाउ तोलामा ७ हजार ५०० रूपैयाँ घटेको छ । मंगलबार स्थानीय बजारमा हालसम्मकै उच्च अर्थात् प्रतितोला १ लाख ९७ हजार ९०० रूपैयाँ पुगेको सुनको भाउ आज घटेर १ लाख ९० हजार ४०० रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, आज चाँदी प्रतितोला ५ रूपैयाँले घटेर १ हजार ९६५ रूपैयाँमा कारोबार हुनेछ ।
अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३ हजार ३ ४५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया