ललिततुर एफसीका मणिको रातो कार्ड फिर्ता

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल)ले धनगढी एफसीविरुद्धको खेलमा रेफ्रीको गल्ती भएको स्वीकार गर्दै ललितपुर एफसीका मणिकुमार लामाले पाएको रातो कार्ड फिर्ता लिएको छ ।

योसँगै उनले फाइनल खेल्ने पाउने भएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा गत शनिबार धनगढीविरुद्ध पहिलो क्वालिफायरमा मिडफिल्डर मणिले १६औँ मिनेटमा रातो कार्ड पाएका थिए ।

मणिको खुट्टामा रहेको ‘एअर बल’लाई क्लियर गर्न धनगढीका डिफेन्सिभ मिडफिल्डर मोहमम्द अल जाउलीनी पुगेका थिए । उनले मणिबाट कुनै खतरा नरहेको अवस्थामा सिधै खुट्टाले छात्तीमा प्रहार गरेका थिए । मुख्य रेफ्री उमेश बिडारीले फोर्थ अफिसियल श्याम दनुवारसँग सल्लाह गरेपछि सिधै रातो कार्ड दिएका थिए । लगत्तै ललितपुरले उक्त निर्णयविरुद्ध अपिल गरेको थियो ।

सो अपिलमाथि सुनुवाई गर्दै एनएसएल आयोजक नेपाल स्पोट्र्स एन्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) र अपिल समितिले मंगलबार मणिले पाएको रातो कार्ड फिर्ता लिएको हो ।

‘उक्त घटनाको विभिन्न क्यामेरा कोण र प्रोडक्सन टोलीबाट प्राप्त गरिएको फुटेजको आधारमा समीक्षा गर्दा मणिले कुनै स्पष्ट प्रतिशोधको कार्य गरेको प्रमाण भेटिएन’, एनएसइएमले ललितपुरलाई पठाएको पत्रमा भनिएको छ ।

मोहम्मद सामुन्ने लड्दा मणिको खुट्टाले कतै लागेको देखिएको थिए । मोहम्मद मैदानमा लडेर ठुलो नाटक मञ्चन गरेपछि ललितपुरका कप्तान अनन्त तामाङसहित खेलाडीले गरेको अपिलमा पनि बिडारीले कुनै चासो देखाएका थिएनन् । सहायक रेफ्री किसन कन्हैयाले पनि प्रतिवाद गरेनन् ।

बरु मणिलाई नै मैदान बाहिर पठाइएको थियो । मणिलाई सिधै छात्तीमा प्रहार गर्ने मोहम्मदले भने पहेँलो कार्ड मात्रै पाए । मुख्य रेफ्री बिडारी र फोर्थ अफिसियल दनुवार फिफा ब्याच प्राप्त रेफ्री हुन् ।

बिडारीले यही वर्ष फिफा रेफ्रीको ब्याच पाएका हुन् । दनुवार भने धेरै अघिदेखिका फिफा रेफ्री हुन् । यसका बाबजुद पनि ललितपुरले २–१ को जित निकाल्दै फाइनलको यात्रा तय गरेको थियो । एनएसइएम पनि मणिले जानजान कुनै ‘फउल’ गर्ने काम नगरेको स्वीकार गरेको छ ।
‘लड्ने क्रममा मणिको खुट्टा अनाहकमा मोहम्मदको छातीमा लाग्छ । यो सम्पर्क उनी आफूलाई सम्हाल्ने प्रयासको एक हिस्सामा भएको देखिन्छ ।

प्रतिक्रिया