कम्युनिष्टहरुलाई एकताबद्ध गर्नु आजको आवश्यकता हो : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्टहरुलाई एकताबद्ध गर्नु आजको आवश्यकता भएको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ७७औँ स्थापना दिवस तथा १५६औँ लेनिन जयन्तीको अवसरमा आज पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले नेपालको कम्युनिष्ट आन्दोलनको ऐतिहासिक यात्रा, वर्तमान अवस्था र भावी दिशाबारे मन्तव्य व्यक्त गर्दै लेनिनको जन्मजयन्तीको दिन पार्टीको स्थापना हुनु ऐतिहासिक संयोग मात्र नभई प्रेरणाको विषय भएको बताए ।

अध्यक्ष दाहालको निजी सचिवालयका अनुसार उनले, ‘लेनिनबाट प्रेरणा लिएर स्थापना गरिएको नेपाल कम्युनिष्ट पार्टी आज ७७ वर्षको भएको छ, जुन सम्पूर्ण कम्युनिष्ट आन्दोलनका लागि गर्वको विषय हो’, भने ।

उनले कम्युनिष्ट पार्टीको संघर्षपूर्ण इतिहासको चर्चा गर्दै कम्युनिष्ट आन्दोलनले विभाजन र बलिदानबीच आजको अवस्थामा आइपुगेको उल्लेख गर्दै भने, ‘आजको आवश्यकता कम्युनिष्टहरुलाई फेरि एकताबद्ध गर्नु हो, हामी विचार, सिद्धान्त र सच्चा कम्युनिष्टहरुका वैचारिक आधारमा एकता चाहन्छौँ, जनतामाझ पुगेर आफ्ना कमजोरीहरू सच्च्याउने प्रक्रियामा छौँ ।’

प्रतिक्रिया