पोखरामा जै घाँस लगाउने किसानलाई प्रोत्साहन

गण्डकी । पोखरा महानगरपालिकाले महानगर क्षेत्रभित्र जै घाँस लगाउने किसानलाई सहयोग गर्ने भएको छ । यसका लागि महानगरपालिकाले रु १२ लाख ३९ हजार सहयोग गर्ने भएको छ ।

महानगरपालिकाले किसानलाई पशुपालनतर्फ आकर्षित गरी घाँसखेती प्रवर्द्धन गर्ने उद्देश्यका साथ चार वर्षयता जै घाँस लगाउने किसानलाई सहयोग गर्दै आएको महानगरपालिकाका पशु सेवा शाखा प्रमुख डा अशेषराज विकले जानकारी दिए ।

उनका अनुसार यस वर्ष कुल एक हजार ९४२।४ रोपनी क्षेत्रफलमा प्रतिरोपनी रु ६३८ दरले जै घाँसखेती लगाउने १७८ किसानलाई रकम गरिने भएको छ ।

यसअन्तर्गत बीउका लागि रु पाँच लाख ५९ हजार र खनजोतका लागि रु ६ लाख ७९ हजार विनियोजन गरिएको प्रमुख डा विकले बताए ।

प्रतिक्रिया