सुनको मूल्य तोलामा दुई लाख नजिक पुग्यो

काठमाडौं । अन्तराष्ट्रिय बजारमा लगातार सुनको मूल्य बढिरहेको छ । त्यसको असर स्थानीय बजारमा पनि परेको छ । आज एक तोला पहेँलो धातुको मूल्य रू एक लाख ९७ हजार ९०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

स्थानीय बजारमा सोमबारको तुलनामा आज एक तोलामा रू ६ हजार ९००ले सुनको भाउ बढेको हो । चाँदीको मूल्य पनि तोलामा रु १० ले बढेको छ ।

आज चाँदीको मूल्य प्रतितोला एक हजार ९७० कायम भएको छ । अन्तरराष्ट्रिय बजारमा आज प्रतिऔंस सुन तीन हजार ४७९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

याे पनि : ट्रम्पको उदयसँगै आकासियो सुनको भाउ, ४ महिनामा बढ्यो तोलामै ७२ हजार

शक्ति राष्ट्रहरूको सुन थुपार्ने होड, आम नेपालीले किन्नै नसक्ने अवस्था आउने संकेत

प्रतिक्रिया