काठमाडौँ । महानायक राजेश हमाल बेलायत जाने भएका छन् । २७ अप्रिलमा माया इभेन्टले ह्यारो लेजर सेन्टरमा अयोजना गर्न लागेको लाफ्टर फर लाइफ कार्यक्रममा सहभागी हुन हमाल बेलायत जान लागेका हुन् । प्रायः २–३ डायलग र १–२ नृत्यमा सीमित प्रस्तुति दिने हमालले यसपटक दर्शकका लागि भने फरक प्रस्तुतीका साथ ‘स्ट्यान्ड अप कमेडी’ गर्ने भएका छन् ।
कार्यक्रममा सहभागी हुन महानायकसँगै कमेडियन सन्दीप क्षेत्री र अतृप्त ब्यान्डका साथमा नवीन के.भट्टराईले नयाँ पुराना गीत प्रस्तुत गर्नेछन् । स्ट्यान्ड अप कमेडीका लागि हमाललाई क्षेत्रीले साथ दिने छन् ।
साथै कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको माया इभेन्टका निर्देशक राज पाण्डेले जानकारी दिए ।
उनका अनुसार कार्यक्रममा सहभागी हुने सबै कलाकारहरुको युकेको भिसा पाइसकेका छन् । खुसी जीवनयापनका लागि हाँसो महत्वपूर्ण थेरापी भएकोले विदेशको व्यस्त जीवनबाट केही समय निकालेर भए पनि हाँस्ने रमाउने उद्देश्यले यस किसिमको कार्यक्रम आयोजना गरेको आयोजक डा. रक्षा थापाले बताइन् ।
१ हजार २०० दर्शक क्षमता भएको हलमा आयोजना हुन गइरहेको कार्यक्रममा कमेडी, कन्सर्ट तथा खानपिनको समेत प्रबन्ध भएको मिलाइएको छ ।
प्रतिक्रिया