भान्स र मोदीबीच भेटवार्ता : व्यपार नीति र संसारलाई हेर्ने साझा अवधारणाका बारे छलफल

काठमाडौँ । संयुक्त राज्य अमेरिकाका उपराष्ट्रपति जेडी भान्स भारतको पहिलो आधिकारिक भ्रमणका लागि भारत आएका छन् । सोमबार उनी नयाँदिल्लीको पालम एयरपोर्टमा सोमबार अवतरण गरे । उपराष्ट्रपति भान्सको ४ दिने भ्रमण सोमबारदेखि बिहीबारसम्म जारी रहने जनाइएको छ ।
परिवारसँगै भारत भ्रमणमा आएका उपराष्ट्रपति भान्सलाई केन्द्रीय मन्त्री अश्विनी वैष्णवले विमानस्थलमा स्वागत गरे ।

सोमबार नै उपराष्ट्रपति भान्स परिवारले अक्षरधाम मन्दिर भ्रमण गरे । भान्स र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भेटवार्तामा आर्थिक सहयोग, रक्षा सहयोग र द्विपक्षीय व्यापार सम्बन्धलगायतका विभिन्न सवालमा छलफल भएको जनाइएको छ ।

विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले गत साता नै मिडिया ब्रिफिङमा आफूहरूबीच विश्वव्यापी रणनीतिक साझेदारी रहेको उल्लेख गर्दै निःसन्देह सबै सान्दर्भिक सवालहरूमा छलफल हुने र सम्बन्ध थप प्रगाढ हुने बताएका छन् ।

नयाँदिल्ली भ्रमणपछि भान्स परिवारले मंगलबार जयपुर र बुधबार आगरा भ्रमण गर्ने र बिहीबार भारतबाट स्वदेश प्रस्थान गर्ने कार्यक्रम रहेको जनाइएको छ ।


अमेरिकाले विश्वव्यापी रूपमा लगाएको भन्सार महसुलको बारे छलफल भएको छ । २ देश बीचको द्वि–देशीय ब्यापार सहमतिका बारेसमेत छलफल भएको छ ।

अमेरिकामा राष्ट्रपतिको रूपमा दोस्रो कार्यकाल सुरु भएपछि ट्रम्पले लिएको नीतिका कारण विश्वमा परेको असर तथा दक्षिण एसियामा परेको असरका बारे पनि छलफल भएको छ ।

संसारमा अहिले जारी भएका विभिन्न विषयमा साझा अपधारणाा बनाउने विषयमा २ देशका नेताबीच वार्ता भएको छ । भान्स उनकी श्रीमती उषा भान्सलाई भारतमा भव्य स्वागत गरियो । उषा भान्सका अभिभावक आन्द्र प्रदेशबाट अमेरिका पुगेका थिए ।

प्रतिक्रिया