काठमाडौँ । सप्तकोसी डेभलपमेन्ट बैंक लिमिटेडले सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुहरूको भाडा भुक्तानीलाई सहज र सरल बनाई सुविधा प्रदान गर्न फोन पेको क्युआर सेवा प्रदान गरेको छ । बैंकले कोसी प्रदेशमा सार्वजनिक यातायात सेवा सुरु गर्ने पहिलोे सगरमाथा यातायात प्रालिका ३४ वटै सार्वजनिक यातायातमा डिजिटल माध्यमद्वारा भाडा भुक्तानी गर्न सक्ने सुविधाका लागि फोन पेको क्युआर सेवा प्रदान गरेको हो ।
काठमाडौँ उपत्यका वाहिर नेपालभरमै सार्वजनिक यातायातमा आधिकारिक रूपमा सुरुआत गरिएको यस प्रकारको सेवा सम्भवतः यो नै पहिलोपटक हो । यात्रुहरूको माग र समय अनुकूल सेवा विस्तार गर्दै जाने कम्पनीको उद्देश्य अनुरूप यो सेवाको सुरुआत गरिएको हो ।
प्रतिक्रिया