काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले शिक्षकहरुको आन्दोलन भइरहेका बेला राजीनामा दिएकी छन् । उनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएको बालुवाटार निकट स्रोतले जनाएको छ ।
उनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएकी हुन् । शिक्षकहरू लगातार सडक आन्दोलनमा रहेको बेला उनले राजीनामा दिएकी हुन् । आजै केही बेरपछि मन्त्रिपरिषद् बैठक पनि बस्दैछ । सम्भवतः आजकै मन्त्रिपरिषद्बाट उनको राजीनामा स्वीकृत हुनेछ । शिक्षक महासंघसँग बारम्बार संवाद भइरहेको छ ।
तर निचोड निस्कन नसकेपछि शिक्षामन्त्री भट्टराई घेराबन्दीमा परेकी थिइन् । शिक्षकहरुले गत चैत २० गतेदेखि शिक्षा ऐनलगायत विभिन्न माग गर्दै आन्दोलनरत छन् । देशभरबाट शिक्षकहरु विद्यालय बन्द गराएर काठमाडौंमा दिनहुँ आन्दोलनमा उत्रिएका छन् ।
यसको प्रभाव विद्यार्थीहरुमा परेको छ । उनीहरु भर्ना हुनबाट समेत बन्चीत भएका छन् । शिक्षकहरुको आन्दोलन भइरहेका बेला मन्त्री भट्टराईले राजीनामा दिएकी हुन् । अब झन् शिक्षकहरुको आन्दोलन थप चर्किने सम्भावना बढेको छ ।
प्रतिक्रिया