नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा बढ्यो

काठमाडौं । इम्पेयरमेन्ट चार्जमा कमी आएपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा बढेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा यस बैंकको खुद नाफा ३८.६१ प्रतिशतले बढेर ४ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा बैंकले ३ अर्ब २७ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानीमा ६.५० प्रतिशतले कमी आउँदै १० अर्ब ३१ करोड रुपैयाँमा झरेको छ । यद्दपि, इम्पेयरमेन्ट चार्जमा उल्लेख्ख मात्रामा कमी आएपछि बैंकको नाफा वृद्धि भएको देखिन्छ । यता, कुल खराब कर्जा १.४० प्रतिशत विन्दुले बढेर ४.३९ प्रतिशत कायम भएको छ ।

बैंकको नाफा बढेसँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । प्रतिसेयर आम्दानी ४ रुपैयाँ ७४ पैसाले बढेर १७ रुपैयाँ ५४ पैसा कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ पनि १७ रुपैयाँले बढेर १९० रुपैयाँ पुगेको छ ।

चैत मसान्तसम्म यस बैंकको चुक्ता पुँजी ३४ अर्ब १२ करोड ८५ लाख ९८ हजार रुपैयाँ छ । जगेडा कोषमा ३१ अर्ब ९५ करोड रुपैयाँ छ । यसको वितरणयोग्य नाफा भने १ अर्ब १० करोड रुपैयाँ ऋणात्मक रहेको छ ।

प्रतिक्रिया