राप्रपाका अध्यक्ष लिङ्देन र प्रमुख सचेतक शाही पक्राउ

काठमाडौं । संसदीय दलको कार्यालयबाट भर्खरै निस्किएका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका सांसदहरूले सिंहदरबारभित्रै नाराबाजी गरेपछि पक्राउ परेका छन् ।

तीनकुने घटनामा न्यायिक छानबिन आयोग बनाउनुपर्ने, पक्राउ परेका नेताहरूलाई छाड्नुपर्नेलगायत उनीहरूको माग छ ।

आज आइतबार नयाँ बानेश्वरमा राप्रपाले आयोजना गरेको प्रदर्शनमा सहभागी हुन जानुअघि सिंहरबारस्थित संसदीय दलको कार्यालयबाट पार्टी अध्यक्ष लिङ्देनसहितका नेताहरुले प्रदर्शन थालेका थिए ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठले अध्यक्ष लिङ्देन, संसदीय दलका उपनेता बुद्धिमान तामाङ र प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिए ।

प्रतिक्रिया