माओवादीका नेता पटेलले गरे पीडित परिवारलाई सहयोग

पर्सा । धोबिनी गाउँपालिका– २ भिखमपुरका नेकपा माओवादीका युवा नेता तथा समाजिक अभियन्ता सन्तोष पटेलले पीडित परिवारलाई सहयोग गरेका छन् ।

समाजिक अभियान्ता पटेलले आफ्नो गाउँपालिकाका जनताहरुको दुख सुखमा साथ दिँदै आइरहेका छन् । आफ्ना क्षेत्रका जनताहरुको दुःख–सुखमा रहेको बताए । उनले आफू दुखसुख सहेर पनि जनताहरुको साथ दिन त्यार रहेको बताए ।

त्यस्तै शनिबार धोबिनी गाउँपालिका– २ भिखमपुरका एक जना किशुन्देव ठठेरा गरिबको घर र त्यही घरमा रहेको एउटा सानो पसललाई त्यहाँका स्थानीय जनप्रतिनिधि र प्रहरी प्रशासनको मिलोमतमा त्यो घर भत्काई घरबिहिन बनेका पीडित ठठेराले आफ्नो पीडा सुनाए ।

उनको पीडा सुनेर धोबिनी गाउँपालिकाकै नेकपा माओवादीका युवा नेता पटेलले पीडित परिवारलाई आफ्नो पहलमा समाजिक सञ्जालमा पोस्ट गरी नगद सहयोग गराएका छन् ।

प्रतिक्रिया