काठमाडौं । चालु आर्थिक वर्षमा निर्यात व्यापारमा क्रमश सुधार देखिएको छ । गत वर्षको यसै अवधिको तुलनामा चालु आवको फागुनसम्ममा नेपालबाट हुने निर्यात ६५.१६ प्रतिशतले बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको ९ महिनाको विवरण अनुसार केही महिना यता निर्यात व्यापारमा निरन्तरत सुधार आएको छ ।
विभागका अनुसार चालु आवको ९ महिनाको अवधिमा नेपालबाट १ खर्ब ८८ अर्ब १९ करोड ५० लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । गत वर्षको ९ महिनाको अवधिमा १ खर्ब १३ करोड ९४ लाख रुपैयाँ बराबरको निर्यात भएको थियो । गत आवको तुलनामा निर्यात ६५.१६ प्रतिशतले बढेको हो ।
विभागका अनुसार चालु आर्थिक वर्षको ९ महिनासम्ममा मुलुकले १३ खर्ब ९ अर्ब ५३ करोड २८ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ११ खर्ब ६७ अर्ब ३६ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । गत आवको यसै अवधिको तुलनामा चालु आवको चैत महिनासम्म कुल आयात १२ दशमलव १८ प्रतिशतले बढेको हो ।
चालु आर्थिक वर्षको ९ महिनासम्ममा नेपालको व्यापार घाटा ११ खर्ब २१ अर्ब ३३ करोड ७७ लाख रुपैयाँ बराबर रहेको छ । गत वर्षको यसै अवधिको तुलनामा व्यापार घाटा ६.४५ प्रतिशतले बढेको हो । गत वर्षको सोही अवधिमा १० खर्ब ५३ अर्ब ४२ करोड रुपैयाँ बराबरको व्यापार घाटा भएको थियो ।
प्रतिक्रिया