काठमाडौँ । बिवाइडी सिगल अर्थात डल्फिन मिनीले प्रतिष्ठित वल्र्ड कार अवार्ड कार्यक्रमअन्तर्गत वल्र्ड अर्बन कार अफ द इयरको उपाधि जित्न सफल भएको छ । अप्रिल १६ मा अमेरिकाको न्युयोर्कमा आयोजित न्युयोर्क इन्टरनेसनल अटो सोमा विश्वभरका ११ उत्कृष्ट सवारीसाधनहरूसँग प्रतिस्पर्धा गर्दै बिवाइडीले पहिलोपटक चिनियाँ अटोमोटिभ ब्रान्डको रूपमा यो अवार्ड हात पारेको हो ।
यस ऐतिहासिक जितले विश्वव्यापी न्यु इनर्जी भेइकल (एनइभी) क्षेत्रमा बिवाइडीको अग्रणी स्थानलाई फेरि एकपटक अन्तर्राष्ट्रिय स्तरमा पुष्टि गरेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बिवाइडी सिगलले ओसन एस्थेटिक्स डिजाइन दर्शनलाई समेटेको छ – जसले यसलाई ताजा, आकर्षक र आधुनिक बनाएको छ । उच्च सुरक्षा मापदण्ड, स्मार्ट ड्राइभिङ फिचर र उत्कृष्ट सिटी–फ्रेन्डली परफर्मेन्सले गर्दा यो मोडल विभिन्न प्रमुख बजारहरूमा लगातार बेस्ट सेलरको रूपमा स्थापित हुँदै आएको छ ।
नेपालमा बिवाइडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले बिवाइडी सिगलको नेपाली सडकमा परीक्षण गरिसकेको छ । कम्पनीले छिट्टै नेपालमा यसको आधिकारिक लन्च गर्ने बताइएको छ ।
प्रतिक्रिया