नवौँ नेशनल क्यापिटल अवार्ड सम्पन्न

काठमाडौं । नवौं नेशनल क्यापिटल अवार्ड २०८१ अवार्ड सम्पन्न भएको छ । पर्यटन बोर्डको सभाहलमा सम्पन्न सो कार्यक्रममा उपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यता, नेशनल क्यापिटल अवार्डका अध्यक्ष माधव निर्दोषको सभापतित्व रहेको थियो । कार्यक्रमको संयोजन सविता पोखरेलले गरेकी थिइन् ।

नवौँ नेशनल क्यापिटल अवार्ड २०८१ को अवसर पारेर निर्देशक प्रकाश भट्टलाई ‘राष्ट्रि«य कला रजत सम्मान’ प्रदान गरिएको संयोजक पोखरेलले जानकारी दिइन् । ३२ विधामा अवार्ड तथा सम्मान प्रदान गरिएको समारोहमा एक दर्जन स्रष्टा कलाकार, व्यवसायीलाई सम्मान गरिएको थियो ।

सम्मानित हुनेहरुमा गायिका अन्जु पन्त, गायिका सन्जु न्यौपाने, निर्देशक प्रकाश भट्ट, गीतकार सामना शाह, प्रतिमा केसी लगायत थिए । त्यस्तै उत्कृष्ट अवार्ड पाउनेहरुमा उत्कृष्ट मोटिभेसनल अवार्ड यादव गीरी, उत्कृष्ट नवप्रतिभा परितोषिका पन्त, उत्कृष्ट म्यूजिक भिडियो मोडल कल्चरल गीततर्फ सजिना लामिछाने, उत्कृष्ट गायिका लोकदोहोरीतर्फ रेश्मा तामाङ, लिट्टेचर अवार्ड भीष्मराज फूलाराल, उत्कृष्ट म्यूजिक भिडियो निर्देशक आधुनिक पप केशबराज भट्ट, लोकदोहोरी मोडल अवार्ड जुना कार्की, उत्कृष्ट लोकगायन सुजता केसी, उत्कृष्ट गीत मिक्सिङ, माष्टिरिङ मनोज परियार, उत्कृष्ट गीतकार अवार्ड कुमार मिश्र लगायतले चुम्न सफल भए ।

जुरी निर्णायक प्रमुख मण्डलबाट संगीतकार राजेन्द्र बजगाईं, गायक नारायाण थापा, मोडल प्रतिक्षा काफ्ले, चिरञ्जीवी भण्डारी आदि सम्मानित भएका थिए । उक्त कार्यक्रममा बागमती प्रदेश सभा सदस्य दिपेन्द्र श्रेष्ठ, नेपाल निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष बलिभद्र राना, वरिष्ठ कलाकार शिवहरि नेपाल, अभिनेता गजित विष्ट, निर्माता नविन श्रेष्ठ, बरिष्ठ पत्रकार सानुकाजी श्रेष्ठ लगायत विशिष्ट व्यक्तित्वहरुको आतिथ्यता रहेको कार्यक्रमलाई नमा दाहालले सहजिकरण गरेकी थिइन् ।

प्रतिक्रिया