मुगु । नेपाल विद्यार्थी संघ मुगुले नेविसंघको ५६औँ स्थापना दिवसको अवसरमा मुगुमा वृक्षारोपण गरिएको छ । नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति मुगुको आयोजनामा नेविसंघको ५६औँ स्थापना दिवसको अवसरमा मुगुको रारा बहुमुखी क्याम्पस नाउरमा वृक्षारोपण गरिएको हो ।
सुख्खा क्षेत्र रहेको रारा बहुमुखी क्याम्पस क्षेत्रमा हरियाली क्याम्पस बनाउन सहयोग होस् भन्ने उदेश्यका साथ उतिस बैँस लगायतका करिब १ १०० वटा बिरुवा रोपेर वृक्षारोपण गरिएको नेविसंघ मुगुका उपाध्यक्ष बालचन्द्र कार्कीले बताए ।
उनका अनुसार नेविसंघको ५६औँ स्थापना दिवसको अवसरमा छायाँनाथ रारा नगरपालिका– ५ सुपाकोटमा रहेको माहादेव आधारभूत विद्यालयमा अध्ययनरत २० जना विद्यार्थीहरुलाई पनि शैक्षिक सामग्री वितरण पनि गरिएको छ ।
विद्यार्थीहरुलाई सिकाई क्रियाकलाप सहयोग होस् भनेर कापीकलम लगायतका शैक्षिक सामग्री सहयोग गरिएको उपाध्यक्ष कार्कीले बताए । नेपाल विद्यार्थी संघको ५६ वर्षअघि आजकै मितिमा स्थापना भएको थियो ।
मुगु
प्रतिक्रिया