काठमाडौँ । गायिका सर्मिला बर्देवाले नयाँ गीत ‘कस्मीरे गम्छा’ को भिडियो ल्याएकी छन् । गायिका बर्देवाले आफ्नै युट्युब च्यानलमा उक्त गीतको भिडियो सार्वजनिक गरेकी हुन् । ‘कस्मीरे गम्छा’ गीतमा गायिका बर्देवालाई अर्का गायक डेबिट शंकरले आवाजमा साथ दिएका छन् ।
गीतमा राजेन्द्र बजगाईंको संगीत तथा संगीत संयोजन रहेको छ भने गीतकार डिपी खनालको शब्द रहेको छ । त्यसैगरी साउन्ड इन्जिनियरमा व्यस्त मनोज परियारको मिक्सिङ तथा मास्टरिङ रहेको छ । आफ्नो मन स्टुडियोमा रेकर्डिङ गरिएको गायिका बर्देवाले बताइन् ।
उनका अनुसार उक्त गीतको भिडियो काठमाडौँको विभिन्न स्थानहरूमा छायांकन गरिएको हो । गीतको भिडियोमा उत्सव दाहालले छायांकन गरेका हुन् भने मोडल सुधीर श्रेष्ठ र जुनु एसडीको अभिनय देख्न सकिन्छ ।
त्यसैगरी भिडियोमा श्रींगार प्रविनाले गरिकी हुन् भने शिलन लम्सालले भिडियो सम्पादन गरेका छन् । भिडियोमा लाइक माइड्सको पोस्ट प्रोडक्सन रहेको छ ।
भिडियो पोस्ट प्रोडक्सनको जिम्मा भने सुमन कटुवाललाई दिइएको थियो भने सरोज नेपालीले उक्त ‘कस्मीरे गम्छा’ लाई लगानी लगाएको बताइएको छ । गीतको भिडियोमा नृत्य निर्देशन सियोन श्रेष्ठको रहेको छ भने सहायक नृत्य निर्देशनमा सञ्जीवनी गोपालीले पनि साथ दिएकी छन् ।
प्रतिक्रिया