पोखरा । गण्डकी हिरोजले दोस्रो संस्करणको केपी ओली कप टी–२० राष्ट्रिय खुल्ला पुरुष क्लबस्तरीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रंगशाला क्रिकेट मैदानमा शुक्रबार भएको फाइनल खेलमा सिइसी काठमाडौँलाई ५ विकेटले हराउँदै च्याम्पियन बनेको हो । च्याम्पियन गण्डकीले १० लाख रुपैयाँ प्राप्त गर्दा उपविजेता काठमाडौँले ५ लाख रुपैयाँ प्राप्त गरेको छ ।
१८३ रनको विजयी लक्ष्य गण्डकीले १७ दशमलव ३ ओभरमा ५ विकेट गुमाउँदै पूरा ग¥यो । गण्डकीका बसन्त कार्की २७ रन तथा नारायण जोशी १३ रनमा नटआउट रहँदै टोलीलाई जित दिलाए ।
बसन्तले १७ बलमा ३ छक्का प्रहार गरे भने नारायणले १० बलमा १ छक्का प्रहार गरे । किरण ठगुन्नाले ५२ रनको योगदाान गरे । उनले २६ बलमा ३ चौका र ४ छक्का प्रहार गरे । सुजन थपलिया ३५ रनमा अउट भए । उनले २१ बलमा ६ छक्का प्रहार गरे । दीपक डुुम्रे २६ रनमा अउट भए । उनले १५ बलमा २ चौका र २ छक्का प्रहार गरे ।
ओपनर साकिव हकले २४ रन बनाए । उनले १५ बलमा ५ चौका प्रहार गरे । अर्जुन कुुमाल शून्यमै पेभिलियन फर्किए । सिइसीका लागि दीपेन्द्र रावतले ३ विकेट लिँदा मनोज यादव र सूर्य तामाङले १–१ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ थालेको काठमाडौँले १९ दशमलव ४ ओभरमा १८२ रन बनाउँदै अलआउट भयो । अर्जुन घर्तीले ६८ रन बनाए । उनले ३४ बलमा ४ चौका र ६ छक्का प्रहार गरे । यस्तै पृथु बाँस्कोटाले २९ बलमा ७ चौका र २ छक्काको मद्दतमा अर्धशतक बनाए । सिवम तिवारीले २३ रन जोड्नुबाहेक अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन् ।
बलिङमा गण्डकीका लागि अमृत गुरुङ र कृष्ण पौडेलले समान ३–३ विकेट लिए भने विपिन खत्री र मिलन बोहोराले २–२ विकेट लिए । गण्डकी हिरोजका किरण ठगुन्ना प्लेयरअफ दि म्याच घोषित भए ।
यस्तै काठमाडौँका दीपेन्द्र रावत प्लेयर अफ दी टुर्नामेन्ट घोषित भए । उनले ३० हजार रुपैयाँ प्राप्त गरे । उत्कृष्ट ब्याटर अत्तरियाका विपिन रावल र उत्कृष्ट बलर लुम्बिनीका अजयकुमार चौहान घोषित हुँदै समान २०–२० हजार रुपैयाँ प्राप्त गरे । २३ चैतबाट सुरुभएको प्रतियोगितामा १६ टिमको सहभागिता थियो । बागमतिबाट ४ र अन्य प्रदेशबाट २–२ वटा क्लबको सहभागिता रहेको थियो । यी बाहेक एकेडेमीले पुस १७ गते इन्डो नेपाल भलिबल, फुल कन्ट्याक्ट कराते, राष्ट्रिय जुुनियर टेबलटेनिस, ८ वैशाखमा राष्ट्रिय तेक्वान्दो, २० वैशाखमा रोड रेस, ३ जेठमा महिला राष्ट्रिय भलिबल प्रतियोगिताको आयोजना गर्न लागेको छ ।
प्रतिक्रिया