ब्रासिलिया । ब्राजिलको राजधानी ब्रासिलियामा नेपाल सहित विश्वका ९८ देशका देशबाट आएका दर्जनौँ जलवायु अभियन्ता, आदिवासी नेता र समुदाय प्रतिनिधिहरूले ब्राजिलको परराष्ट्र मन्त्रालय (इटामाराटी) अगाडि ‘कोप ३० मा न्यायपूर्ण ऊर्जा रूपान्तरणको नेतृत्व ब्राजिलले लिनुपर्छ’ भन्ने सन्देशसहित एक विशाल कला प्रदर्शन गरेका छन् ।
प्रसिद्ध ब्राजिली कलाकार मुनदानोद्वारा बनाइएको ३० फिट लामो ब्यानर अमेजनका डढेलोबाट संकलन गरिएका खरानी प्रयोग गरी बनाइएको थियो । यस कार्यले अधिकृत रूपमा कोप ३० अध्यक्षलाई हस्तान्तरण गरिएको एक पत्रमा तत्काल जवाफ मागेको हो, जुन ब्राजिलमा आयोजित ‘फ्री ल्यान्ड क्याम्प’ को अवसरमा दिइएको थियो ।
यो पत्र नेपाल सहित ९८ देशका हजारौँ व्यक्तिहरू र १८० भन्दा बढी संस्थाहरूले हस्ताक्षर गरेका थिए। यसमा जीवाश्म इन्धनको अन्त्य, न्यायपूर्ण ऊर्जा रूपान्तरण, र आदिवासी नेतृत्वको केन्द्रिय भूमिका सुनिश्चित गर्न माग गरिएको छ ।
यो अभियानको सहभागीहरू हाल ‘हाम्रो शक्ति नवीकरण गर्नुहोस्’ नामक कार्यक्रममा सहभागी छन्, जुन अन्तर्राष्ट्रिय जलवायु संगठन ३५०. ओआरजीद्वारा आयोजित गरिएको हो । यो कार्यक्रममा ७० भन्दा बढी देशका २०० भन्दा बढी जलवायु अभियन्ताहरू सहभागी छन्, जसको उद्देश्य समुदाय आधारित नवीकरणीय ऊर्जा परियोजनाहरुलाई सशक्त बनाउनु हो– जुन कोप ३० तर्फको एक महत्वपूर्ण कदम हो ।
प्रतिक्रिया