राष्ट्रपति पौडेलले गरे संसद् अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको बैठक आह्वान गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा आगामी वैशाख १२ गते दिउँसो १ बजेका लागि संसद्का दुवै सदनको बैठक आह्वान गरेका हुन् ।

हिजो (मंगलबार) साँझ बसेको मन्त्रिपरिषद् बैठकले बजेट अधिवेशन बोलाउनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईका अनुसार विद्यालय शिक्षा विधेयक लगायत पारित गर्नका लागि संसद्को अधिवेशन आह्वान गर्ने निर्णय भएको हो ।

प्रतिक्रिया