कालिकोट । कालिकोटमा सोलो बाइक रेस सम्पन्न भएको छ । २०८२ नयाँ वर्षको अवसरमा कालिकोटमा सोलो बाइक रेस कार्यक्रम आयोजना गरिएको छ । सोलो बाइक रेसमा देव किसन यादव प्रथम, द्वितियमा डिल्ली प्रसाद चौलागाँई र तृतियमा लोकेन्द्र शाहीले जितेका छन् ।
‘तीव्र गति जीवन क्षति’ भन्ने मुल नाराका साथ सञ्चालन भएको सोलो बाइक रेस प्रतियोगिता कालिकोटमा दोस्रो पटक भएको हो । प्रथम पुरस्कार १० हजार, द्वितिय पुरस्कार ५ हजार र तृतिय पुरस्कार ३ हजारसहित प्रमाणपत्र प्रदान गरिएको छ ।
सारथी फाउन्डेसन कालिकोटको आयोजनामा भएको सोलो बाइक रेस प्रतियोगिताले दुर्घटना कम गर्ने, नागरिकलाई तीव्र गतिमा जान हुन्न भन्ने सन्देश दिनु यस कार्यक्रमको मुख्य उदेश्य रहेको सारथी फाउन्डेसनका उपाध्यक्ष लोकेन्द्र शाही (क्षितिज) ले बताए ।
कालिकाेट
प्रतिक्रिया