यु–१९ विश्वकप एसिया छनोट : ओमानले नेपाललाई‌ दियो ११८ रनको लक्ष्य

काठमाडौं । घरेलु मैदान मुलपानीमा जारी यु–१९ विश्वकप एसिया छनोट क्रिकेटअन्तर्गत आज ओमानले नेपाललाई जितको लागि ११८ रनको लक्ष्य दिएको छ।

माथिल्लो मुलपानी मैदानमा टस जितेर नेपालले फिल्डिङ रोजेर ओमानलाई पहिला ब्याटिङको निम्तो दिएको थियो । पहिले ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरको खेलमा मात्र ३६ ओभरमा अल आउट हुँदै ११७ रनना समेटियो ।

ओमानका तेस्रो क्रमका जित ब्रजेश शाह बाहेक अन्य कुनै पनि खेलाडी क्रिजमा टिक्न सकेनन् । उनले अर्धशतक प्रहार गरे । ७८ बल खेल्दै ६ चौकाको मद्दतले ५२ रन बनाए । सिद्धार्थ सौम्य शंकरले १६ र प्रथिस हेमा रमेशले १० रन बनाए ।

ओमानका खेलाडीहरुले निराशाजनक ब्याटिङ गरे । कुनै पनि समय ठूलो साझेदारी बन्न सकेन । ८ खेलाडीले दोहोरो अंकमा रन छुन सकेनन । ओमान निरिह बनाउन युवराज खत्रीले सानदार बलिङ गरे । ७ ओभर बलिङ गर्दै २ मेडन सहित मात्र १५ रन खर्चेर ५ विकेट लिए। सन्तोष यादवले २ विकेट लिए।

नेपालले हिजो पहिलो खेलमा युएईलाई डकवर्थ–लुइसको आधारमा ५ रनले हराएको थियो । ओमानलाई अफगानिस्तानले ८ विकेटको फराकिलो अन्तरमा हराएको थियो । आजको खेलमा अब नेपाल ओमानविरुद्ध जवाफी ब्याटिङमा उत्रँदै छ ।

प्रतिक्रिया