पूर्वराजा ज्ञानेन्द्रले भने– २०८२ साल नेपाली इतिहासको स्मरणीय र सुनौलो सम्झना बन्नुपर्छ

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले आगामी वर्ष नेपाली इतिहासको स्मरणीय र सुनौलो सम्झना बन्नुपर्ने बताएका छन् । नयाँ वर्षको अवसरमा आइतबार एक भिडियो सन्देश जारी गर्दै उनले नयाँ वर्षलाई स्मरणीय र सुनौलो सम्झना बनाउन सकिने विश्वास आफूले लिएको बताएका छन् ।

‘संसार धेरै अघि बढिसक्यो, तर हामी यो वा त्यो वादको चक्रमा फसेका छौँ, नेपाल आमालाई केन्द्रमा राखेर हाम्रा विचार बन्नुपर्छ, हाम्रा कदम चल्नुपर्छ,’ पूर्वराजा शाहले भनेका छन्, ‘हरेक समस्याको समाधान, संवाद, सहमति समन्वय र सहकार्यबाट हुन सक्छ, आगामी वर्ष नेपाली इतिहासको स्मरणीय र सुनौलो सम्झना बन्नुपर्छ । र बनाउन सकिन्छ भन्ने विश्वास हामीले लिएका छौँ ।’ पूर्वराजा शाहले नयाँ वर्षले नयाँ आशा, उमंग र उत्साह ल्यायोस् भन्दै शुभकामना व्यक्त गरेका छन् ।

‘अनि नेपालीको सुनौलो भविष्यको सुनिश्चितता होस् । श्री पशुपतिनाथले हामी सबैको हामी सबैको कल्याण गरुन्,’ पूर्वराजा शाहले भनेका छन् । साथै, उनले गत चैत १५ गते राजावादीको प्रदर्शनमा काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक घटनाबारे पनि भिडियो सन्देशमा दुःख व्यक्त गरेका छन् ।

प्रतिक्रिया