टी– २० क्रिकेट : फाइनलमा नेपाल कुवेतसँग पराजित

काठमाडौं । हङकङमा भएको चार राष्ट्र सम्मिलित टी– २० अन्तर्राष्ट्रिय क्रिकेटको फाइनलमा नेपाल कुवेतसँग पराजित भएको छ । आइतबार टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कुवेतले नेपाललाई जितका लागि १७५ रनको दिएको थियो । कुवेतले २० ओभरमा ७ विकेट गुमाउँदै १७४ रन बनाएको थियो ।

जितका लागि चुनौतिपूर्ण लक्ष्य पछ्याएको नेपालले बसिर अहमदले सानदार ब्याटिङ गर्दै ८० रन बनाए पनि नेपाल हङकङ टी– २०आई सिरिजको फाइनलमा कुवेतसँग ३ रनले पराजित भएको हो ।

नेपाल ३ बल अगावै १७१ रनमा अलआउट भएपछि जित नजिक पुगेर पनि चुकेको हो । सुरुवातमै खराब ब्याटिङ प्रदर्शन नेपालको हारको प्रमुख कारण बन्यो । नेपालको लागि बसिर अहमदले मात्र उत्कृष्ट पारी खेले । उनलाई नन्दन यादवले साथ दिए । यसबाहेक आठ खेलाडीले दोहोरो रन छुन सकेनन् ।

जितको लागि १७५ रनको लक्ष्य पछाएको नेपाल १९ ओभर ३ बलमा सबै विकेट गुमाउँदै १७१ रनना समेटियो । अत्यन्त खराब सुरूवात गरेको नेपालले २८ रन बनाउँदा चार विकेट गुमाइसकेको थियो । कुशल भुर्तेल ३ रनमा, आशिफ शेख २१ रनमा तथा कुशल मल्ल र दीपेन्द्र सिंह ऐरी बिना रनको खाता नखोली आउट भए ।

चार खेलाडी आउट भएपछि पनि कुनै खेलाडीले इनिङ्स सम्हाल्न सकेनन् । निरन्तर अन्तरालमा विकेट झरि नै रहयो । कप्तान रोहित पौडेल पनि ७ रनमा आउट भए । सोमपाल कामी ४ रनमा गुल्सन झा ९ रनमा र करण केसी ४ रनमा आउट हुँदा नेपाल हार नजिक पुगेको थियो ।

मात्र ९२ रन बनाउँदा नेपालले ८ विकेट गुमाइसकेको थियो । यसपछि छैटौँ क्रमका बसिर अहमद र नन्दन यादवाले नवौं विकेटको लागि ७२ रनको साझेदारी गर्दै टिमलाई जिततर्फ डोर्याए । विष्फोटक ब्याटिङ गर्दै नन्दन १८ ओभर २ बलमा ३७ रन जोडेर आउट भए । यतिखेर नेपालले १६४ रन बनाएको थियो ।

अन्तिम ओभरमा नेपाललाई जितको लागि ११ रन आवश्यक थियो । अुनदीप चिन्थामाराको अन्तिम ओभरको पहिलो बलमा नो बल फ्याँके । बसिरले छक्का प्रहार गरे । तर उनी यसको दुई बलपछि आउट हुँदा नेपाल ३ रनको झिनो हार बेहोर्न बाध्य भयो । बसिरले विष्फोट ब्याटिङ गर्दै ४३ बलमा ८ चौका र ४ छक्कासहित ८० रनको पारी खेले । तर पनि नेपाल पराजित हुन पुग्यो ।

बलिङमा अुनदीप चिन्थामाराले ३ विकेट लिए । यासिन पटेल र नविनराज राजेन्द्रनले २–२ विकेट झारे । यसअघि नेपालले मिसन रोड मैदानमा टस जितेर पहिले कुवेतलाई ब्याटिङको लागि उतार्यो । कुवेतले २० ओभरमा ७ विकेट गुमाउँदै १७४ रन बनायो ।

ओपनर राभिजा सन्दरुवान र क्लिन्टो एन्टोले पहिलो विकेटका लागि ४९ रनको साझेदारी गरे । क्लिन्टो २६ रन जोडेर नन्दन यादवको बलमस आउट भए। दोस्रो विकेट पनि नन्दनले नै लिए। मिट भावसार १६ रनमा पबिलियन फर्किए ।

यसपछि २३ रन बनाएका उसमान पटेललाई कुशल भुर्तेलले आउट गरे । तेस्रो विकेट गुमाउँदा कुवेतले १२७ रन बनाएको थियो । ओपनर राभिजा क्रिजमा टिके । उनले २८ बलमा अर्धशतक बनाए। उनको विकेट करण केसीले लिए। ३६ बल खेल्दै ६ चौका र ४ छक्का प्रहार गर्दै ६३ रनको महत्वपूर्ण पारी खेले ।

राभिजा आउट भएपछि बिलाल ताहिर ९ रनमा रन आउट हुँदा ७ रन बनाएका मोहम्मद उमर तथा २ रन बनाएका यासिन पटेलललाई सोमपाल कामीले आउट गरे । कप्तान मोहम्मद अशलाम अविजित १३ रनना रहे ।

बलिङमा नन्दन यादवले ४ ओभर बलिङ गर्दै २५ रन दिएर २ विकेट लिए । सोमपाल कामीले ४ ओभर बलिङ गर्दै २६ रन खर्चेर २ विकेट आफ्नो नाममा लेखाए। करण केसी र कुशल भुर्तेलले समान १–१ विकेट लिए। यो खेलमा ललित नारायण राजवंशी विकेटविहिन रहे ।

प्रतिक्रिया