टी– २० क्रिकेट : फाइनलमा नेपालले कुवेतविरुद्ध टस जितेर बलिङ गर्दै

काठमाडौं । हङकङमा भइरहेको चार देशीय टी– २० क्रिकेटअन्तर्गत फाइनल खेलमा आज नेपालले कुवेतविरुद्ध टस जितेर पहिला बलिङ गरेको छ ।

हङकङको मङकक मैदानमा आज जारी खेलमा नेपालले टस जितेर कुवेतलाई पहिले ब्याटिङको निम्तो दिएको हो । दुवै टोलीले आज शृंखलाको फाइनल खेलेका हुन् ।

शनिबार नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएपछि नेपालले फाइनलमा स्थान बनाएको हो । नेपालले तीन खेलबाट पाँच अंक बनाएर फाइनलमा स्थान बनाएको हो भने कुवेतले तीन खेलमा चार अंक हात पारेको थियो।

आजै यसअघि भएको तेस्रो स्थानका लागि खेलमा हङकङले कतारलाई हराइसकेको छ । नेपालले यसअघि कतार र कुवेतलाई हराएको थियो । प्रतियोगितामा आयोजक हङकङका साथै नेपाल, कतार र कुवेत सहभागी छन् ।

प्रतिक्रिया