नेपाल फाइनलमा प्रवेश

काठमाडौँ । वर्षाको कारण घरेलु टोली हङकङविरुद्धको खेल रद्द हुँदा नेपाल ४ देशीय टी–२० सिरिजको फाइनलमा पुगेको छ ।
शुक्रबार लिग चरणको अन्तिम खेल नेपाल र हङकङ भिडिरहेका थिए । तर, खेल ९ ओभर पुग्दा नै वर्षाको कारण रद्द भएको हो । हङकङले ३ विकेट गुमाउँदै ६८ रन बनाइसकेको थियो । तर, वर्षाका कारण खेल अघि बढ्न नसक्दा दुवै टोलीले अंक बाँडे ।

योसँगै नेपालले अपराजित रहँदै फाइनलमा स्थान बनायो । शीर्ष स्थानमा रहेको नेपालले ३ खेलबाट ५ अंक जोड्यो । अब नेपालले उपाधिका लागि कुवेतसँग खेल्नेछ । कुवेत समूह उपविजेता हुँदै फाइनलमा पुगेको हो ।

लिग चरणमा नेपालले कुवेतसँग ६ विकेटको जित हात पारेको थियो । यी २ बीचको खेल आइतबार हुनेछ । हङकङ र कतार नै अब तेस्रो स्थानका लागि खेल्नेछन् ।

प्रतिक्रिया