निराशाजनक २०८१ साल

मुलुकमा राजनीतिक अस्थिरताले निरन्तरता पाइरहेको छ । जसले विदेशी लगानीलाई निरुत्साहित गर्छ । बारम्बार सरकार परिवर्तनहरूले दीर्घकालीन आर्थिक नीतिहरू लागू गर्न गाह्रो बनाउँछ । आर्थिक मन्दीले ठुलो चुनौती खडा गरेको छ । सरकारले आर्थिक वृद्धि र रोजगारी सिर्जना गर्न निर्णायक कदम चाल्नुपर्छ ।

विश्वनाथ खरेल

नेपालको राष्ट्रिय सम्वत् विक्रम सम्वत् हो । नयाँ वर्षलाई संवत्सर पनि भनिन्छ । सौर्य गणनानुसार एक संवत्सरमा ३६५ दिनहरू हुन्छन् । सूर्य मेष संक्रान्तिबाट आरम्भ भई पुनः सोही राशिमा पुग्ने बेलासम्मको अर्थात सम्पूर्ण ऋतुको पूरै एक चक्रलाई संवत्सर भनिन्छ । चन्द्रमानको हिसाबले समेत चैत्रशुक्ल प्रतिपदालाई संवत्सर प्रारम्भ हुने दिन मानिन्छ । यसैले प्रत्येक संवत्सर प्रारम्भ वैशाख १ देखि हुने र यस दिनलाई नव वर्ष शुभारम्भको दिन एवं राष्ट्रिय पर्वको रूपमा मनाइने गरिन्छ ।

राजा विक्रमादित्यले थालनी गरेको यो पात्रो अंग्रेजी क्यालेन्डरभन्दा ५७ वर्षअघि छ । यसको मतलव जिसस क्राइस्टको जन्मभन्दा ५७ वर्षअगाडि नै विक्रमादित्यले आफ्नो पात्रो प्रयोगमा ल्याइसकेका थिए । हामी कहाँ प्रचलनमा रहेको नेपाल सम्वत्को भने ११४४ वर्ष पहिले शंखधर साख्वाले प्रचलनमा ल्याएका हुन् । त्यसबाहेक पनि विश्वका थुप्रै मुलुकमा आफ्नै रीति, संस्कृति र परम्परा अनुसारका पात्रो तथा क्यालेन्डरहरू प्रयोगमा रहेका छन् ।

२०८१ साल हामीबीचबाट सुखदुःखका विभिन्न घटनाहरू घटाएर हामीबाट सधैँका लागि बिदा भएको छ । हामी ३ करोड नेपाली मध्ये धेरैले २०८१ साललाई उत्साहपूर्वक स्वागत गरेर बडोे सुमधुर सम्झना संगाल्दै बिदा गर्यौँ भने कतिले उक्त वर्षलाई आफ्नो जीवनमा कहिल्यै नमेटिने विषाद भरेर गएको पनि महसुस गरे होलान् । हाम्रो जीवन आधार सुखद् भविष्यको आशा हो । यहि सुखद् भविष्यको आशाले अभिव्यक्तिको माध्यम दिने गर्दछ । कुनै पनि नव वर्षको नयाँ जोस, जाँगर र उमंग बोकेर आएको हुन्छ । त्यसैले नव वर्ष २०८२ साल सुखद् भविष्य लिएर उदाइरहेको छ भन्ने आशा गरौँ ।

देशलाई सरसर्ती हेर्ने हो भने आर्थिक उदासीनताको बीचमा राष्ट्रले नयाँ वर्ष मनाउँदैै छ । यो विक्रम संवत् २०८२ र त्यसपछि वसन्तको सूर्यले हिमालयलाई सुनौलो आखाँमा रंगिरहँदा मुलुकले आफ्नो परम्परागत नयाँ वर्ष विक्रम संवत २०८२ को सुरुआत गरेको छ । तैपनि, चाडपर्वको पोसाकको मुनि एउटा राष्ट्र खस्कँदै गइरहेको अर्थतन्त्रसँग जुधिरहेको छ । यस लेखले देशको समृद्धिलाई जोखिममा पार्ने आर्थिक प्रवृतिहरूको समीक्षा गर्दै विक्रम संवत् २०८२ को जीवन्त परम्पराहरूको अन्वेषण गर्दछ ।

नयाँ वर्ष मनााउने नेपाली शैली मौलिक छ । नेपाली परिवारहरू एकसाथ भेला भएर विशेष खाने पर्व मनाउने गर्दछन् । यस समयमा आआफ्ना घरहरू रंगरोगनले सजाइन्छ, ढोकाहरू शुभ प्रतीकहरूले रंगिएको हुन्छ, र सेल रोटी, मिठाइ, मासुका विभिन्न प्रकार, फलफूल (मिठाइ चामलको औँठी) र दहीजस्ता परम्परागत विभिन्न परिकारहरू तयार गरिन्छ । यसको साथसाथै आगामी वर्षका लागि आशीर्वाद खोज्ने अनुष्ठान स्नान र पूजासँग दिन सुरु हुन्छ । यसमा खासगरीकन बुढापाकाले युवा पुस्तालाई रातो सिन्दुर र चामलको दानाको टीका चढाउँछन् । जुन शुभ र कल्याणको प्रतीक पनि हो । नयाँ पुस्ताले पनि ठूलाको खुट्टा छुने गरी सम्मानको प्रतीक बनाउँछन् । यसमा ढोल तामासाले जीवन्त ढोल बजाउने र शास्त्रीय नृत्य, रोटीको आकर्षक झुकाव सहितको जीवन्त सांस्कृतिक प्रदर्शनको साथ यो दिन खुल्छ ।

तर, नेपालको संघर्षरत अर्थतन्त्रले विक्रम संवत २०८२ को चाडपर्वको भावनालाई ओझेलमा पार्ने संभावना छ । विश्व बैंकले हालै आर्थिक वर्ष २०२४–२५ को लागि नेपालको वृद्धि प्रक्षेपण ५ दशमलव २ बाट ४ दशमलव ५ प्रतिशतमा घटाएको छ । धेरै कारकहरूले यो सुस्ततामा योगदान गर्दछ । यसमा पनि विश्वव्यापी घटनाहरूको प्रभावः रूस–युक्रेन युद्धले विश्वव्यापी आपूर्ति शृंखलाहरू अवरुद्ध पारेको छ । जसले इन्धन र खाद्यान्नजस्ता अत्यावश्यक वस्तुहरूको मूल्यमा वृद्धि भएको छ । यसको अलावा मुद्रास्फीति बढ्दै गएको छ । त्यसरी नै आमनेपालीको क्रयशक्तिमा ह्रास आएको छ । त्यस्तैगरी देशमा पर्यटन मन्दीको समस्या पूर्ववत अवस्थामा फर्कन बाँकी छ । पर्यटन देशको अर्थतन्त्रको महत्वपूर्ण स्तम्भ हो । जुन २०७२ सालको विनाशकारी भूकम्पपछि विभिन्न घटनाका कारण सिथिल हुँदै गयो । कोभिड–१९ महामारीले गम्भीर प्रहार गर्यो । त्यसरी नै अन्तर्राष्ट्रिय यात्रामा प्रतिबन्धले पर्यटक आगमनमा उल्लेखनीय कमी ल्यायो, जसले पर्यटन व्यवसायलाई असर गर्यो । अहिले पर्यटन उद्योग बिस्तारै पुनः लयमा फर्कन थालेको छ ।

विगतमा जे जस्ता घटनाहरू भए पनि हामी मानवजाति जहिले पनि आशा, विश्वास र भरोसा लिएर बाँचेका हुन्छौँ । मुलुकमा राजनीतिक अस्थिरताले निरन्तरता पाइरहेको छ । जसले विदेशी लगानीलाई निरुत्साहित गर्छ । बारम्बार सरकार परिवर्तनहरूले दीर्घकालीन आर्थिक नीतिहरू लागू गर्न गाह्रो बनाउँछ । आर्थिक मन्दीले ठूलो चुनौती खडा गरेको छ । सरकारले आर्थिक वृद्धि र रोजगारी सिर्जना गर्न निर्णायक कदम चाल्नुपर्छ । एकातिर सुनको मूल्य उच्च हुँदै १ लाख ३६ हजार प्रतितोलाबाट बढेर १ लाख ८० हजारभन्दा माथि एकातिर गएको छ भने अर्कोतिर भने डलरको भाउमा पनि तलमाथि भई नै रहेको छ । त्यसरी नै हाल आएर बैंकमा साढे ६ खर्बभन्दा बढी रकम थुपिएको छ । जुन रकम लगानी हुन सकेको छैन । विदेशी पर्यटक नेपाल घुम्न आउँदा ल्याउने खर्च अर्को विदेशी मुद्राको स्रोत हो । जुन कोरोना (कोभिड–१९) पछि विश्वमै पर्यटन आयमा बादल लाग्यो । त्यो प्रतिकूल प्रभाव विदेशी मुद्रा आयमा पर्यो । देशमा भर्खर मात्र बादल फाट्दै छ । नेपालमा पनि पर्यटनको उज्यालो आउन थालेको छ । विदेशी लगानी विदेशी मुद्राको अर्को स्रोत हो । विदेशी मुद्रा केन्द्रीय बैंकमा सञ्चय गरेर नेपाली मुद्रामा लगानीकर्ताले लगानी गर्छन् । जसले गर्दा वैदेशिक लगानीसमेत अर्थतन्त्रलाई बलियो बनाउने गरी आउन नसकेको यथार्थ हाम्रोसामु छ ।

विदेशी मुद्राबिना सबैजस्तो अर्थतन्त्रका लागि त्यति सहज हुँदैन । झन् नेपालजस्तो कम विकसित मुलुकले आयातमै बढी निर्भर हुनुपर्छ । नेपालको वैदेशिक व्यापार ९५ प्रतिशतभन्दा बढी आयात र बाँकी मात्रै निर्यातमा आधारित छ । देशको अर्थतन्त्रमा अहिले देखिएको मूल समस्या लगानीयोग्य पुँजी तरलता धेरै भएको समस्या हो । अहिले बैंक तथा सहकारी संस्था तरलता बढी मात्रामा भए पनि लगानी हुन सकिरहेको अवस्था भने छैन । जसरी देशमा कोरोनाका कारण मन्द बनेको अर्थतन्त्रमा केही सुधारको संकेत मिलेको छ । हाल देशका सहरी क्षेत्रमा घरजग्गाको मूल्य १५ देखि २० प्रतिशतसम्म घटेको सम्बन्धित क्षेत्रले जनाएको छ । जसमा कम ब्याजदरका कारण बहुसंख्यक लगानीकताले बैंकसँग ऋण त लिए तर त्यस्तो लगानी घर खरिद, जग्गा खरिद, सवारीसाधन खरिद र अन्य उपभोग्य क्षेत्रमा प्रयोग गरे । त्यस्तो क्षेत्रमा गरिएको लगानीले पुँजीमा हलचल ल्याएन, उल्टो पुँजी सबै स्थिर बन्न पुग्यो ।

प्रतिक्रिया