काठमाडौं । वर्षाले खेल अवरुद्ध भएपछि हङकङमा जारी चार देशीय टी–२० आई प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । जारी प्रतियोगितामा नेपाल लगातार जित हात पार्दै फाइनलमा प्रवेश गरेको हो ।
हङकङमा जारी चार देशीय टी–२० आई प्रतियोगितामा नेपाल र आयोजक हङकङबीचको खेल वर्षाले अवरोध गरेपछि नेपाललाई फाइनलमा स्थान बनाउन झनै सहज भएको हो । शनिबार नेपाललले टस जितेर फिल्डिङ रोजेको खेलमा ९ ओखर चलिरहँदा पानी परेपछि खेल रोकिएको थियो ।
जम्मा ९ ओभरसम्मको खेलमा हङकङले ३ विकेट गुमाएर ६८ रन जोडेको थियो । तर, वर्षा नरोकिएपछि खेल रद्द भएको हो । यद्यपि, हङकङभन्दा नेपालको बढी अंक भएका कारण नेपाल प्रतियोगिताको फाइलनमा पुगेको हो ।
नेपाल २ खेलमा २ जितसहित ४ अंक जोडेर दोस्रो स्थानमा छ भने हङकङले २ खेलमध्य एक खेलमात्रै जितेर २ अंक मात्रै जोडेको थियो । नेपाल प्रतियोगिताको फाइनलमा पुगेसँगै उपाधिका लागि कुवेतसँग प्रतिष्पर्धा हुनेछ । आजै भएको खेलमा कुवेत कतारलाई हराउँदै फाइनलमा प्रवेश गरिसकेको छ ।
प्रतिक्रिया