६ खेलको तदर्थ समिति गठन

काठमाडौँ । राष्ट्रय खेलकुद परिषद्ले ६ खेल संघ विघटन गर्दै तदर्थ समिति गठन गर्ने निर्णय गरेको छ शुक्रबार बसेको बोर्ड बैठकले सो निर्णय गरेको हो । लामो समयदेखि निर्वाचन हुन नसकेको नेपाल ब्याडमिन्टन संघको संयोजकमा सुबास श्रेष्ठलाई तोकिएको छ । बारम्बार घोषित मितिमा निर्वाचन हुन नसकेका कारण संघ नै रिक्त झँै थियो ।

यसैगरी ज्योति राणा अध्यक्ष रहेको नेपाल टेनिस संघ विघटन गर्दै सोही संघमा महासचिव रहेका मनोहरदास मुललाई संयोजक तोकिएको छ । रामकृष्ण श्रेष्ठ बोस रहेको नेपाल भारोत्तोलन संघ विघटन गर्दै कनुनलाल चौधरीको संयोेजकत्वमा भारोत्तलन संघ गठन गरिएको छ । यसैगरी रामकृष्ण केसीको संयोजकत्वमा नेपाल ह्यान्डबल संघ गठन गरिएको छ ।

नेपालमा कुनै पनि खेल गतिविधि नगर्ने जिम्न्यास्टिक संघको अध्यक्षमा ध्रुबबहादुर प्रधान यथावतै छन् । साथै एथलेटिक्समा राजीवविक्रम शाह यथावतै छन् । लामो समयदेखि निर्वाचन हुन नसकेको एथलेटिक्समा शाहै कार्यकालमा हंगेरीमा भएको विश्व एथलेटिक्स च्याम्पियनसिपमा अमेरिकामा रहेका व्यक्तिलाई बिनाछनोट नेपालको तर्फबाट सहभागी गराइएको थियो ।

साथमा वल्र्ड एथलेटिक्सबाट सदस्य राष्ट्रलाई कार्यालय सञ्चालनका लागि भन्दै वार्षिक ३० हजार अमेरिकी डलर पठाउने चलन भए पनि नेपाल एथलेटिक्स संघको सबै काम थापाथलीस्थित शाहको निजी निसासबाट हुने गरेको छ ।

प्रतिक्रिया