अस्ट्रेलियाबाट चीनको प्रस्ताव अस्वीकार

अस्ट्रेलिया । पछिल्लो समय अमेरिका र चीनबीच ट्यारिफ युद्ध चलिरहेको छ । आफूमाथि लगाएको अतिरिक्त भन्सार महसुलको विरोधमा उल्टै महसुल लगाउने यो चक्र झन् झन् लम्बिइरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वभर लगाएको अतिरिक्त भन्सार महसुल बढाएर चीनमाथिको महसुल झनै चर्काए ।


अमेरिकासँगको सम्बन्धमा तिक्तता बढ्दै गर्दा चीनले ट्यारिफविरुद्ध अस्ट्रेलियासँग हात मिलाउन खोजेको थियो । ट्रम्पको ट्यारिफ नीति विरुद्धको लडाइँमा सँगसँगै अगाडि बढ्ने प्रस्ताव चीनको थियो । तर चीनको सो प्रस्तावलाई अस्ट्रेलियाले अस्वीकार गरेको छ ।

ह्वाइट हाउसले हालै अस्ट्रेलियाली सामानहरूमा १० प्रतिशत अतिरिक्त भन्सार महसुल लगाएको थियो । तर अस्ट्रेलियाको सबैभन्दा ठुलो व्यापारिक साझेदार चीनमाथिको महसुल बढाएर १२५ प्रतिशत पु¥याएको छ । ‘अमेरिकाको आधिपत्यवादी र डरलाग्दो व्यवहार रोक्ने एक मात्र तरिका संयुक्त विरोध नै हो ।’


अस्ट्रेलियाका लागि चीनका राजदूत सियाओ कियानले बिहीबार एक लेखमा अस्ट्रेलियासँग सहकार्यको लागि अपिल गर्दै भनेका थिए । तर, अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले अस्ट्रेलियालीहरूले आफ्नो पक्षमा बोल्ने बताए । रक्षामन्त्रीले पनि आफ्नो देशले चीनको हात नसमात्ने भने ।

केही घण्टाअघि मात्र ट्रम्पले आफ्नो ट्यारिफ योजनामा परिवर्तन गर्दै चीनबाहेक सबै देशबाट आउने सामानमा लगाइएको उच्च भन्सार महसुल ९० दिनको लागि स्थगित गरेका थिए । तर, सबै देशहरूबाट आउने सामानमा लगाइएको १० प्रतिशतको न्यूनतम शुल्क भने यथावत छ ।

प्रतिक्रिया