काठमाडौं । हास्य कलाकार गणेश ईसारा आफ्नो प्रस्तुतिको लागि ईसारा हङकङ जाने भएका छन् । पछिल्लो समय देश तथा विदेशमा हुने सांस्कृतिक कार्यक्रमहरुमा भ्याई–नभ्याई भएकै अवस्थामा यतिबेला आफू हङकङ जान लागेको उनले बताए । आफ्नो प्रस्तुतिका लागि २०२५ अप्रिल १९ तारिखका दिन हङकङमा कार्यक्रम भएको उनको भनाइ छ ।
बगैंचा एण्ड रेष्टुरेण्ट एण्ड बारको आयोजनामा हङकङवासी नेपालीहरुबीच जोर्डनमा नयाँ वर्ष २०८२ को शुभकामना आदनप्रदानसहित कलाकार इसाराको भेटघाट तथा सांगितिक प्रस्तुती रहने बताइएको छ ।
समाजसेवी तथा उद्यमी धिराजकुमार साम्पाङ राई प्रायोजक तथा आयोजकमा रहेका छन् भने कार्यक्रमलाई भव्य र सभ्य रुपमा सफल पार्नका लागि त्यहाँ रहेका समाजसेवी तथा सफल उद्यमी विक्रम राई, बालिका राई र अर्का समाजसेवी तथा सफल व्यवसयाी दिपेन्द्र इसारा राई र मिना राई, समाजसेवी तथा उद्यमी बिमल ज्ञावली सहित मिना रुम्बा सिताराम राईले प्रायोजन र व्यवस्थापन गर्ने भएको छ ।
कलाकार इसारालाई हङकङवासी नेपालीहरुले धेरै मन पराउने भएका कारण वर्षमा ३–४ पटकसम्म उनी त्यहाँ पुगेर नेपालीहरु माझ आफ्ना मनोरञ्जनात्मक प्रस्तुती दिने गर्छन् ।
समसामयिक व्याङ्ग्यात्मक क्यारिकेचर मार्फत हँसाउने र रुवाउने इसारालाई उनको कलाको सम्मान गर्दै देश विदेशमा रहेका नेपालीहरुले निमन्त्रणा गर्दछन् र समय मिलाएर सहभागि हुने गर्छन् । इसाराले पछिल्लो समय उदय सुब्बा निर्देशित ‘दपर्ने’ नामक टेलिसिरियलमा नायकको भुमिकामा देखिँदै आएको बताए ।
प्रतिक्रिया